February 23, 2025, 2:39 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

व्यास अल्ट्रा म्याराथनको पुरस्कार राशी बढ्यो

माघ ८, २०७७ मा प्रकाशित | १८४०दर्शक तीव्रखबर

तनहुँ । व्यास नगरपालिकाले आयोजना गर्ने व्यास अल्ट्रा म्याराथनको पुरस्कार राशी बढाईएको छ । शहिद दिवसको अवसरमा आयोजना हुने म्याराथनको पुरस्कारमा यसपाली चार हजार एक रुपैयाँका दरले बृद्धी गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
विगत चार बर्षदेखी पर्यटन प्रर्बद्धनका लागी व्यासले म्याराथन गर्दै आईरहेको छ । यसपाली प्रथम हुने धावकले ८५ हजार ७७ रुपैयाँ प्राप्त गर्ने नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनका अनुसार दोस्रोले ६५ हजार ७७ रुपैयाँ, तेस्रोले ५५ हजार ७७ रुपैयाँ र सान्त्वना हुने पाँच जनाले १६ हजार ७७ रुपैयाँ पाउनेछन् । सान्तवना पुरस्कार राशी भने बढेको छैन् ।
म्याराथनले व्यासको पर्यटन प्रर्बद्धनमा महत्वपुर्ण भुमिका खेलेको न्यौपानेले बताए । ‘मानहुँमा पर्यटक बढ्नु पनि यसैको देन हो’ उनले भने । व्यास–५ मानहुँबाट सुरु हुने म्याराथनमा धावकले ४४ किलोमिटरको दुरी व्यास–८ पुलिमराङसम्म दौडनेछन् । आठ स्थानमा विन्दु बनाईनेछ ।

प्रतिक्रिया