रुसी सेनामा भर्ना भएका रोल्पाका एकजना पूर्व वडाध्यक्षको युक्रेन युद्धमा ज्यान गएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–५, जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको निधन भएको बताइएको छ ।
उनी अघिल्लो वर्ष असोजमा रुसी सेनामा भर्ती भएका थिए । अस्ति बेलुकी आफन्त र इष्टमित्रमार्फत् बुढाथोकीको निधनको खबर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको हो । मृत्युको खबरपछि उनको परिवारले हिजोदेखि किरिया थालेको छ ।
बुढाथोकी २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । तर २०७९ को निर्वाचनमा सोही पदमा पराजित भएपछि गत वर्ष रुस पुगेर रुसी सेनामा भर्ना भएको बताइन्छ ।
प्रतिक्रिया