काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया