March 10, 2025, 2:10 pm
» कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ » PM Oli calls on NGOs not to depend on external grants » हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो » सरकारले चाह्यो भने पूर्वराजालाई दिएका सुविधा खोस्न पनि सक्छ : नेता सिटौला » प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

सरकारले चाह्यो भने पूर्वराजालाई दिएका सुविधा खोस्न पनि सक्छ : नेता सिटौला

फाल्गुन २६, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहबारे चर्चा गर्न आवश्यक नरहेको बताएका छन् ।

कैलालीको धनगढीमा जारी कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहमा उनले ज्ञानेन्द्रलाई बहिर्गमनको समयमा आफूले गरेको पहल स्मरण गर्दै यस्तो बताएका हुन् ।

‘राजाबारे चर्चा हुने गरेको छ । मैले भन्ने गरेको छु- किन धेरै चर्चा गर्नु हामीले । म आफैँ विदा गर्न गएको हुँ,’ नेता सिटौलाले भने, ‘राम्रै सम्झाएको हुँ ।’

नेता सिटौलाले सरकारले चाह्यो भने पूर्वराजा ज्ञानेन्द्रलाई उपलब्ध गराइएका सुविधाहरू खोस्न सकिनेसमेत बताए । ‘सरकारकै निर्णयले उहाँलाई निवास दिएर बस्न दिएको छ । सरकारले चाह्यो भने हटाइदिन सक्छ,’ उनले भने, ‘सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले यो बारेमा हामीले धेरै चर्चा नगर्नु जाती हो ।’

प्रतिक्रिया