March 10, 2025, 3:04 pm
» काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी » हङकङ चाइनाले नेपाललाई दियो १०१ रनको लक्ष्य » निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस्- प्रधानमन्त्री ओली » कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ » PM Oli calls on NGOs not to depend on external grants

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

फाल्गुन २६, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

भोजपुर,   : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पौवादुङमा गाउँपालिका-६ बस्ने ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

शान्त कुमारले २०५७ साउन १३ गते कुटपिट गर्दा गम्भीर घाइते भएका साविक ठुलोदुम्मा गाविस-८ बस्ने बिजय कुमार राईको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार भोजपुर पठाइएको छ ।

प्रतिक्रिया