March 10, 2025, 2:09 pm
» कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ » PM Oli calls on NGOs not to depend on external grants » हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो » सरकारले चाह्यो भने पूर्वराजालाई दिएका सुविधा खोस्न पनि सक्छ : नेता सिटौला » प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

फाल्गुन २६, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

घोराही– किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेको छ । सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हराएको हो । यसअघि सुदूरपश्चिम पहिलो खेलमा कर्णाली प्रदेशसँग पराजित भएको थियो ।

दाङको लमही क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २२० रन बनायो । दुई सय २१ रनको विजयी लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमका ठगुन्नाले अविजित १२१ रन बनाए । उनले १०१ बल खेल्दै नौ चौका र ६ छक्का प्रहार गरे । यस्तै कप्तान नारायण जोशीले अविजित ३८, खडक बोहराले १९ तथा निश्चल क्षेत्रीले १८ रनको योगदान दिए । बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले एक एक विकेट लिए ।

यसअघि २२० रन बनाउने क्रममा गण्डकीका लागि अर्जुन कुमाल र दीपक डुम्रेले अर्धशतकीय पारी खेले । दिपकले ७४ बल खेल्ने क्रममा तीन चौका र एक छक्का हान्दै ६० रन बनाए । यस्तै अर्जुनले ९५ बलमा ५७ रनको योगदान दिए । उनले यस क्रममा चार चौका र एक छक्का प्रहार गरे ।

प्रतिक्रिया