March 10, 2025, 12:13 pm
» कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ » PM Oli calls on NGOs not to depend on external grants » हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो » सरकारले चाह्यो भने पूर्वराजालाई दिएका सुविधा खोस्न पनि सक्छ : नेता सिटौला » प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

आगलागीमा जलेर जाजरकोटमा १२ वर्षीय बालकको मृत्यु

फाल्गुन २६, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

जाजरकोट – जाजरकोटमा आगलागी हुँदा जलेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कुशे गाउँपालिका-८ ग्राक्लीका अमर रोकाया रहेका छन्। आइतबार राति जनक रोकायाको घरमा आगलागी हुँदा उनका छोरा अमरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया