February 20, 2025, 11:08 pm
» रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने » यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णय » संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक » भ्रष्ट नेताहरुले देश लथालिंग बनाए : ज्ञानेन्द्र शाही » केबलकारको लफडाले फेरि झडप, एक दर्जन घाइते

युक्रेन माथी आक्रामणलाइ इटालीका राष्ट्रपतिले ‘नाजी’सँग तुलाना गरे पछि रूसी ह्यकारको आक्रामण

फाल्गुन ७, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

काठमाडौं,  । इटालीकी राष्ट्रपतिले युक्रेन आक्रमणलाई नाजीहरूसँग तुलना गरेपछि रूसी ह्याकरहरूले इटालीका धेरैवटा वेबसाइटहरूमा आक्रमण गरेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक रुस समर्थक ह्याकर समूहले इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको भाषणको प्रतिक्रियामा इटालियन सरकारी वेबसाइटहरूमा आक्रमण गरेका हुन ।

सामाजिक सञ्जालमा आक्रमणको घोषणा गर्ने ‘नो नेम ५७’ नामक ह्याकर समूहले इटालीको रक्षा, आन्तरिक र यातायात मन्त्रालयका साथै कानून प्रवर्तन एजेन्सीहरूको वेबसाइटमा आक्रमण गरेका छन् ।

समाचार अनुसार सो ह्याकर समूहले इटालियन बैंक, बन्दरगाह, एयरपोर्ट र स्थानीय यातायात एजेन्सीहरूमा आक्रमण गरेको बताएको छ तर ती आक्रमणहरूले ठूलो अवरोध उत्पन्न भने गरेको छैन ।

गत फेब्रुअरी ५ मा मार्सेलीमा एक भाषणमा राष्ट्रपति मटारेलाले भने कि दोस्रो विश्वयुद्धको नेतृत्व गर्ने ढाँचाहरू दोहोरिरहेका छन, जसमा नाजी शैली पनि कायम रहेको जनाएका थिए ।

‘यो युरोपमा तेस्रो युद्द गराउने रियोजना थियो, युरोप विरुद्धको आजको रुसको आक्रमण यस्तो प्रकृतिको हो,’ उनले भनेका थिए

प्रतिक्रिया