ताप्लेजुङको पाथीभरा ‘मुकुम्लुङ’ मा केबलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच झडप भएको छ । आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि झडप भएको हो ।
झडपमा परी १३ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार नेपाली प्रहरीका ६, सशस्त्र प्रहरी बल, नेपालका पाँच, एक आन्दोलनकारी र एक चालक घाइते भएका छन् ।
त्यसैगरी, घाइते लिन गएको एउटा गाडीमा तोडफोड गरिएको उनले जानकारी दिइन् । आज दिँउसो भएको आन्दोलन उग्र बनेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । तैपनि, आन्दोलन शान्त नभएपछि प्रहरीले अश्रुग्याँस प्रहार र लाठी चार्ज गरेको हो ।
‘निर्माणस्थलको १५० मीटर वर घटना भएको हो । अहिलेपनि आन्दोलन जारी छ । यसविषयमा छलफल गर्न सुरक्षा समितिको बैठक राखिएको छ’,उनले भनिन् ।
प्रतिक्रिया