February 3, 2025, 1:05 pm
» खडका न्याय परिषद सदस्यमा नियुक्त » नेप्से परिसूचकमा झिनो अङ्कको सुधार » माओवादी पदाधिकारी बैठक, पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको हैसियतमा सहभागी » जसपाले केन्द्रिय कार्यकारिणी समितिमा १० जना थप गर्न प्रस्ताव, ४१ पुग्दै » ६३ किलो लागु औषध गाँजासहित दुई मोटरसाइकल नियन्त्रणमा

साउदी राष्ट्रपति पहिलो बिदेश भ्रमणमा निस्के, साउदीले उनलाइ लिन पठायो बिशेष बिमान

माघ २१, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

रियाद,  । सिरियाका नवनियुक्त राष्ट्रपति अबु मोहम्मद अल जुलानी साउदी अरबको ऐतिहासिक भ्रमणमा रहेका छन ।

यहाँ उनले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई सुरूमा भेटेका थिए भने साउदी अरबले सिरियाली राष्ट्रपतिका लागि आफ्नो बिशेष विमान उनका लागि पठाएको थियो ।

यो भ्रमणले सिरिया र साउदी अरबबीच बढ्दो राजनीतिक सम्बन्धलाई औंल्याउँछ। सिरियाको सरकारी टेलिभिजन सिरियन अरब न्युज एजेन्सी (साना) को रिपोर्ट अनुसार यो बैठक यमामा प्यालेसमा भएको थियो। डिसेम्बर ८ मा बसर अल-असद शासनको पतनपछि जुलानीको यो पहिलो औपचारिक विदेश भ्रमण हो।

तर, गत साता जनवरी २९ सम्म उनी कार्यकारी सरकारको अध्यक्षमा निर्वाचित भएका थिएनन् । सो भेटघाट पछि साउदीले ६१ चिकित्सकको टोली दमास्कस पठाउने घोषणा गरेको छ ।

राष्ट्रपति बनेको दिन उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका थिए । सिरियामा विद्रोहीले कब्जा जमाए पछि राष्ट्र प्रमुखको यो पहिलो बिदेश भ्रमण हो । अहिले उनी साउदी अरब पुगेका छन्, जुन ठूलो विकास मानिएको छ ।

राजकुमार सलमानसँगको भेटपछि अल जुलानीले साउदी अरबले युद्धग्रस्त सिरियालाई सहयोग गर्न चाहेको बताए । ‘हामीले लामो भेट गरेका थियौं, जसमा हामीले सिरियाको भविष्य निर्माण गर्न सहयोग गर्ने वास्तविक इच्छा महसुस गरेका र सुन्यौं,’ उनले टेलिग्राममा एक विज्ञप्तिमा भने।

प्रतिक्रिया