January 31, 2025, 11:00 am
» प्रतिनिधिसभामा सभामुखको भेदभाव, सत्तापक्षलाई बोल्न २० मिनेट, प्रतिपक्षलाई १५ मात्रै » प्रहरी प्रमुख माथी छानबिन हुनुपर्छः लिङदेन » २० हजार धरौंटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ » जन्मथलोमा गायक रामकृष्ण ढकाललाई ‘गायन सम्राट’ को उपाधि » कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : ओली

संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ : सभामुख प्रतिनिधि सभा बैठक

माघ १८, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौं : सभामुख देवराज घिमिरेले संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइने बताएका छन्। प्रतिनिधि सभाको पाँचौं अधिवेशनमा सांसदलाई स्वागत गर्दै उनले आजदेखि सुरु भएको अधिवेशन कानुन निर्माण र जनसरोकारका मुद्दाहरुको सम्बोधन हुने विश्वास व्यक्त गरेका हुन्।उनले भने, ‘संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ। यहाँ व्यक्त भएका विचारलाई परिस्कृत गर्दै हामी नीति निर्माणसम्म पुग्दछौं।’

सभामुख घिमिरेले संसदमा विवाद, छलफल र बहस हुनु नौलो नभएको बताए। ‘संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरु सहमतिको संगमस्थल बन्नुपर्दछ। जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ।’

सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसदलाई प्रभावकारी बनाउन दायित्व निर्वाह गर्न विश्वस्त रहेको बताए। उनले भने,‘परस्पर सम्मान, सहकार्य र एकताबाट नै हामीले मुलुकका विद्यमान समस्या निरुपण गर्न र नीति निर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्नेछौं। अतः विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु।’

प्रतिक्रिया