February 27, 2025, 4:20 am
» नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन » रारा तालको किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट » आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने » हमासले फिर्ता गर्यो थप चार बन्धकको शव » मन्नत छाडेर भाडाको अपार्टमेन्टमा सर्दै शाहरूख खान

चियाको पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

माघ ७, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

धरान – साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका-१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो ।

उक्त अभियोगमा पक्राउ पर्नेमा धरान-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान-८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान-५ का २१ वर्षीय सुदीप तामाङ छन्

उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले तत्कालै विराटनगरस्थित बिराट नर्सिङ अस्पताल रेफर गरेको थियो ।

राईको टाउको, बायाँ हात र कुहिना काटिएको छ । हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । राईमाथि खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ परेको पाँचै जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो।

प्रतिक्रिया