January 20, 2025, 7:01 pm
» चियाको पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार » भौतिक मन्त्री बर्खास्त नगरे सरकारबाट बाहिरिने कर्णाली काँग्रेसको चेतावनी » वर्तमान सरकारप्रति जनताको भरोसा छः सञ्चारमन्त्री गुरुङ » रवि र छविसहितलाई थुनामै राख्न मागसहित उच्च अदालत पुग्यो सरकार » स्ववियु निर्वाचन चैत ५ गते हुने

भौतिक मन्त्री बर्खास्त नगरे सरकारबाट बाहिरिने कर्णाली काँग्रेसको चेतावनी

माघ ७, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

सोमबारदेखि सुरु भएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै नेता शाहीले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढालाई बर्खास्त नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।

यो सरकार निरन्तर हुने हो भने भौतिक पूर्वाधार मन्त्रीको स्थिति के हुने हो ? एउटा दलको नेताको फोन नउठाउने ? के गर्छ भन्ने ? त्यो मन्त्रीलाई बर्खास्त नगर्दासम्म हामी सरकारमा बस्ने कि नबस्ने मुख्यमन्त्री ज्यू ?’ प्रदेश सभामा बोल्दै शाहीले भने ।

उनले प्रमुख सत्ता साझेदार र संसदको ठुलो दलको नेतालाई अपमान गरिएको भन्दै गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने समेत चेतावनी दिए । प्रदेश सभालाई ४० मिनेट सम्बोधन गरेका शाहीले मुख्यमन्त्री यामलाल कँडेल र सरकारप्रति चर्को आक्रोश पोखेका हुन् ।

पहिले काँग्रेस–माओवादीको गठबन्धनको सरकार अपवित्र भन्ने मुख्यमन्त्री अहिले काँग्रेससँग एमाले मिलेर सरकार सञ्चालन गर्दा पवित्र भयो त ? भन्दै मुख्यमन्त्री कँडेललाई समेत प्रश्न गरे । ‘म यहाँ भएको भए गठबन्धन के हुन्थ्यो थाह छैन,’ उनले भने, ‘हामी सबै दास भयौँ, दलका नेताका दास भयौँ, संघीयता यसरी कसरी कार्यान्वयन हुन्छ ? हामीले हाम्रो निर्णय गर्न नपाउने सबै माथिकै नेताले निर्णय गर्दिनुपर्ने हामीले मान्दिनुपर्ने ?’

काँग्रेस प्रदेश सरकारमा गएको फाइदा भएन भन्ने गुनासो मात्रै सुन्नुपरेको भन्दै उनले सरकार र सांसदले कानुनसम्मत कुरालाई समेत अड्काएको टिप्पणी गरेका छन् ।

‘सरकार अविच्छिन्न उत्तराधिकारी संस्था हो, तर यहाँ नेतृत्वपिच्छे योजना काट्ने काम भएको छ,’ उनले भने ।

उनले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाए । ‘प्रदेश सभा कसको छायामा परेको हो ? सभामुख र सचिव ? सभामुख र उपसभामुखबीच बोलचाल छैन, सचिव उपसचिवबीच बोलचाल छैन ? यस्तो तरिकाले संसद् चल्छ ?’ भन्दै उनले प्रश्न समेत गरे ।

उनले पहिलो सरकारले ल्याएको योजनाको अपनत्व अर्को सरकारले लिनुपर्नेमा अहिलेको सरकारले त्यसो नगरेको बताए ।

उनले पहिले सम्झौता गरेको ८ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने बताए । ‘म त कारबाही भोग्न तयार छु, हटाउला, हैन भनेपछि अख्तियारमा हाल्लान् ? कठै बिचरा ! मेरो प्रमुख सचेतकले यहाँबाट अख्तियारका विषयमा बोल्दा किन बोलेको ? कारबाहीमा परिएला रे ? अब उपरान्त यस्तो कुरा भयो भने राम्रो हुँदैन’ उनले भने ।

प्रतिक्रिया