September 8, 2024, 1:22 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

साउन ९, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं, । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी १ डलरको बिक्रीदर १३४ रुपैयाँ २१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ६१ पैसा कायम भएको छ ।
बुधबार युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा पाइन्छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ५६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६८ पैसा कायम गरेको जनाइएको छ । उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ६० पैसा र बिक्रीदर २८ रूपैयाँ ७३ पैसा कायम गरेको छ ।
यसैगरी, बुधबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ०३ र बिक्रीदर ४३९ रुपैयाँ निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ।

प्रतिक्रिया