January 22, 2025, 7:59 am
» भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु » ४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन » नागरिकता सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ » Price of gold hits Rs 160 thousand per tola » कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट

पाँचथर पावर कम्पनीको माघ २४ गतेलाई साधारणसभा आह्वान

माघ ३, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं, । पाँचथर पावर कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा माघ २४ गतेलाई आह्वान गरेको छ।
कम्पनीको सञ्चालक समितिको बुधबार (माघ २ गते) बसेको बैठकले साधारणसभा माघ २४ गते आयोजना गर्ने निर्णय गरेको हो।
कम्पनीले सभामा हाल कायम चुक्तापुँजी १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ। यसका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्ने लगायतका एजेण्डाहरु पारित गर्ने छ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।
सभा काठमाडौंको बत्तीसपुतलीस्थिजत होटल इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

प्रतिक्रिया