January 15, 2025, 2:01 am
» कृषिमन्त्रीलाई नौ किलोको काउली उपहार » नुवाकोटमा यसरी जुधाइयो गोरु, मुख्यमन्त्रीसहित दर्शक » देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता » ओलीप्रति नेपालको कटाक्ष : मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट हुँदा पनि जनता सन्तुष्ट छैनन् » पाकिस्तानमा सैन्य कारबाहीमा आठ आतंककारी मारिए

नुवाकोटमा यसरी जुधाइयो गोरु, मुख्यमन्त्रीसहित दर्शक

माघ १, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

नुवाकोट– माघे संक्रान्ति पर्वका अवसरमा मंगलबार नुवाकोटको तारुका र बेत्रावतीलगायत स्थानमा गोरु जुधाएर मेला लगाइएको छ ।

माघे संक्रान्तिको दिनलाई विभिन्न ऐतिहासिक घटनासँग जोडेर यस वर्ष नुवाकोटको तरुकमा १३ हल, बेत्रावतीमा ११ हल गोरु जुधाइएको हो ।

नुवाकोटको तारकेश्वर गाउँपालिका-३ तारुकामा आयोजना गरिएको गोरु जुधाई प्रदर्शनी बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ), बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले पनि अवलोकन गरे ।

गोरु जुधाई अवलोकन गरेपछि मुख्यमन्त्री तामाङले गोरु पशु अधिकारको संरक्षण गर्दै संस्कृतिको जगेर्नामा जोड दिए । यसलाई पर्यटन प्रवर्द्धन गर्दै खेलकुदका रुपमा अनुशासनमा राखेर सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । यसका लागि उनले सम्बन्धित मन्त्रालयसँग सहकार्य र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता गोरुका धानी (कृषक) लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । माघे संक्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले नगद पुरस्कार दिइएको बताए ।

प्रतिक्रिया