February 24, 2025, 3:42 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

ओलीप्रति नेपालको कटाक्ष : मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट हुँदा पनि जनता सन्तुष्ट छैनन्

माघ १, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारको कामबाट जनता सन्तुष्ट नरहेको बताएका छन् ।

मंगलबार पिस्कर स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट भनिएको पार्टीका मान्छे हुँदा पनि जनता सन्तुष्ट नभएको बताएका हुन् ।

उनले कम्युनिष्टको नाममा गैरकम्युनिष्टको जस्तै काम भइरहेको पनि बताएका छन् ।

‘कम्युनिष्ट पार्टी भनिएका मान्छेहरु छन्, मुलुक चलाउने जिम्मेवारी भएका’, उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै भने, ‘तर, जनता सन्तुष्ट हुन सकिरहेका छैनन् । कम्युनिष्ट भएर मात्रै पनि पुग्दोरहेनछ ।’

नेता नेपालले कम्युनिष्टको नाममा राजनीति गर्नेहरूले कम्युनिष्टको मर्यादा राख्नुपर्ने, त्याग, तपस्या र बलिदानी कायम गर्न सक्नुपर्ने पनि जिकिर गरेका छन् ।

तत्कालीन पञ्चायती शासकविरुद्ध आन्दोलित एमालेले आफ्नो संघर्षको कार्यक्रमम सिन्धुपाल्चोकको पिस्करकेन्द्रित गरेको थियो ।

२०४० साल माघ १ गते प्रहरीले गरेको दमनका क्रममा वीरबहादुर थामी र इले थामीको पिस्करमा हत्या भएको थियो। त्यही दिनको सम्झनामा पिस्कर स्मृति दिवस हरेक वर्ष मनाउने गरिएको छ।

प्रतिक्रिया