September 8, 2024, 12:15 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

नेप्से परिसूचक २४ सय विन्दुमाथि, १३ अर्बको सेयर कारोबार

साउन ७, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं : दिनभर उचारचढावका बीच नेप्से परिसूचक २४८८.०८ विन्दुमा पुगेर बन्द भएको छ। तीन पटक बजारले २५०० अंक नाघेपनि अन्तिममा आएर २४८८.०८ विन्दुमा अडिएको हो। यसदिन नेप्से परिसूचक  २.१५ अंकले बढेर  २४८८.०९ विन्दुमा कायम भएको छ।

सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले घटेर ४४८.७९ विन्दुमा पुगेको छ। आज ३०९ स्क्रिप्सको ३ करोड ९७ लाख  ५४ हजार ७११ कित्ता सेयर १३ अर्ब ९१ करोड ५५ लाख  ३५ हजार ४४० रुपैयाँमा खरिदबिक्री भए।

सामान्य अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मुक्तिनाथ कृषि कम्पनीको सेयर १० प्रतिशतले बढ्दा नेपाल फाइनान्सको ८.७७,एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड २को ७.९३,छ्यांदी हाइड्रोपावर ७.९० र बीएचएलको ६.८६ प्रतिशतले बढ्यो।

यसदिन गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ९.९४ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३६ करोड बढी मूल्यको सेयर कारोबार भयो।

यसैगरी शिवम् सिमेन्टको ३४ करोड,कुमारी बैंकको २८ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको २५ करोड र हिमालयन डिस्टिलरीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज सातवटा समूहको उपसूचक बढ्दा बाँकी ६ वटा उपसमूहको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स, मनु एण्ड प्रो,म्युचुअल फण्ड, अदर्श र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक घटेको हो।

यसदिन मनु एन्ड प्रो समूहको उपसूचक सर्वाधिक २.१६ प्रतिशतले बढ्यो। कारोबारमा आएका ११५ स्टकको मूल्य बढ्दा १२१ वटाको घट्यो भने ६ वटाको स्थिर रह्यो।

प्रतिक्रिया