February 25, 2025, 10:33 am
» चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को? » गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड » नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार » ‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‌याली » प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त

रविविरुद्ध कास्की अदालतमा मुद्दा पेस

पुस ७, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा पेस भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा अदालतमा मुद्दा पेस गरेको हो ।

सोही प्रहरणमा गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआई छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरुद्ध पनि अभियोग दायर भएको छ । अहिले कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यही पुस १ गते कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो।

सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो असुल र सहकार ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।

प्रतिक्रिया