February 25, 2025, 10:28 am
» गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड » नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार » ‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‌याली » प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ

सभापति देउवासँग कुनै असमझदारी छैन : शेखर कोइराला

पुस ७, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

धनगढी : नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टी  सभापति शेरबहादुर देउवासँग कुनै असमझदारी नभएको बताएका  छन्। नेपाल प्रेस युनियन कैलालीद्वारा आइतबार धनगढीमा आयोजित पत्रकार  सम्मेलनमा बोल्दै नेता कोइरालाले सभापतिसँग कुनै विवाद नभएको दावी गरेका हुन्।

देउवा सबैका साझा सभापति भएकाले कुनै विवाद नभएको जिकिर गरे। देउवासँग संवाद र निरन्तर छलफल भइरहेको उनको भनाइ छ।

उनले वर्तामान सरकारलाई असफल हुने छुट नभएको बताए।  विशेष परिस्थितिमा ठूला दुई दल मिलेर गठन भएकाले जुनसुकै परिस्थितिमा सरकार अघि बढ्नुपर्नेमा जोड दिए।

‘सरकारलाई असफल हुने छुट छैन । सरकारले जुन म्यान्डेट लिएर आएको छ। त्यो म्यान्डेट पूरा गर्नैपर्छ,’उनले भने,’राजनीतिक, आर्थिक र राजनीतिक अवस्थालाई बलियो बनाउनुपर्दछ। ‘

नेता कोइरालाले सरकारले विकास र सुशानका विषयलाई सँगसँगै अघि लैजानुपर्ने बताए।  संविधान सुधारका लागि सम्पूर्ण राजनीतिक दलहरूसँग छलफल ,संवाद गरेर सम्बन्धित सरोकारवालालाई दबाब दिनुपर्नेमा  जोड दिए।

उनले गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आफूले पहल गर्ने बताए।

प्रतिक्रिया