December 19, 2024, 6:38 pm
» क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान » मुग्लिन-नौविसे सडक खण्ड एक साता दिउँसो दुई बजेसम्म बन्द हुने » माओवादीप्रति जनमत सकारात्मक रहेको ‘प्रचण्ड’को दाबी » वर्तमान गठबन्धन फेल भए यो व्यवस्था नै ढल्छ : सांसद सिंह » अण्डाको मूल्य १५ रुपैयाँले बढ्यो, क्रेटको पुग्यो पाँच सयसम्म

प्रधानमन्त्रीको भारत भ्रमणको चर्चासँगै परराष्ट्रमन्त्री नयाँ दिल्लीमा

पुस ४, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

प्रधानमन्त्री केपी शर्मा ओली पुसभित्रै भारत भ्रमणमा जान लागेको चर्चा चलिरहँदा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जर्मनीबाट सोझै नयाँ दिल्ली पुग्नुभएको छ ।

यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलनलगायत विभिन्न कार्यक्रममा भाग लिन अघिल्लो साता नेदरल्याण्ड्स, जर्मनी, लक्जेम्बर्ग जानुभएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्नुभएको हो ।

उहाँ भोलि त्यहाँ आयोजना हुन लागेको इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स सहभागी हुनुहुने छ । दिल्लीमा रहँदा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने सम्भावना रहेको बताइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री दिल्ली पुगेको अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीलाई भारतीय संस्थापन पक्षले ‘महत्व नदिएको’ भनिएका बेला उहाँको दिल्ली दौडलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया