February 23, 2025, 9:34 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

अमेरिकी राष्ट्रपतिमा दोहोरिने प्रयासबाट बाहिरिएको जो बाइडनको घोषणा

साउन ७, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन्।

उनले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन्।

हाल ८१ वर्षका बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो “पार्टी र देशको हितका लागि” आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको बताएका छन्।

उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले “ठूलो सम्मानको रूपमा लिएको” र ज्यानुअरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।

गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटहरूबाटै उनको आलोचना भएको थियो।

उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताएकी छन्।

हाल ५९ वर्षकी ह्यारिसले आफूले ट्रम्प विरुद्ध “देशलाई एकताबद्ध गर्ने” पनि बताइन्।

“निर्वाचनका लागि हामीसँग १०७ दिन बाँकी छ,” उनले भनेकी छन्। “हामी सँगै लड्छौँ र सँगसँगै जित्छौँ पनि।”

पार्टीका महत्त्वपूर्ण व्यक्तित्वहरूले उनको मनोनयनलाई स्वीकार गरे पनि पार्टीबाट भने उनी आधिकारिक रूपमा उम्मेदवार बनिसकेकी छैनन्।

अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ।

ह्याइट हाउस पनि छाड्न बाइडनलाई चुनौती
डेमेक्र्याटिक पार्टीको प्रतिस्पर्धी ठानिएको रिपब्लिकनका तर्फबाट भने पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार चयन भइसकेका छन्।

पेन्सिल्भेनिआको एक चुनावी सभामा गोली प्रहारबाट उनको हत्या प्रयास भएको पाँच दिन पछि रिपब्लिकन पार्टीले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको थियो।

बाइडनले चुनाव नलड्ने घोषणा गरेपछि प्रतिक्रिया जनाउँदै ट्रम्पले भनेका छन्, “उनी चुनाव लड्नका लागि तन्दुरुस्त थिएनन्… र काम गर्नका लागि पनि छैनन्।”

रिपब्लिकन पार्टीका अन्य वरिष्ठ नेताहरूले पनि ट्रम्पले जस्तै बाइडनको आलोचना गरेका छन्।

उनीहरूले पनि बाइडनलाई डेम्क्र्याटिक पार्टीको उम्मेदवारी त्यागेर मात्रै नपुग्ने भन्दै ह्वाइट हाउस पनि छाड्न भनेका छन्। बीबीसी नेपालीबाट ।


प्रतिक्रिया