डोटी, / नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित हुनुभएको छ ।
सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो ।
निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित हुनुभएको हो ।
मलासीले दुई सय १५ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित हुनुभएको छ ।
एमाले डोटीको जिल्ला अधिवेशन पटक पटक सर्दै आएको थियो ।
प्रतिक्रिया