झापा– नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार उनी छ सय १४ मतसहित विजयी भएका निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताए ।
उनका अनुसार उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका (चन्द्रकला) भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । खुल्ला सचिवमा यसअघि नै धुव्र भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।यसैगरी, सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमारी ओली, रामधन राई, किशोर विश्वकर्मा, खगेन्द्रकुमार राई, लोख्पाजी शेर्पा, अविनाशकुमार निधि, आशीषकुमार यादव र लुकमान अंसारी निर्वाचित भएका छन् ।
प्रतिक्रिया