September 19, 2024, 4:20 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको मृत्यु

साउन ६, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

चितवन, प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार यही साउन ४ गते वडा नं २ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना२१प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार सूर्य न्यौपानेले महिलालाई ठक्कर दिएका थिए । उनको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया