January 8, 2025, 7:21 am
» सडकका सब-इञ्जिनियर बर्खास्त » पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ » ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु » ‘शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील छ’ » सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीहरूको थुनछेक बहस जारी

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकोे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

साउन ६, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

संयुक्त राज्य अमेरिका,  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्‍यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको पक्षमा प्रचार गरिरहेका ट्रम्पले आफूमाथि भएको आक्रमणपछि पहिलो पटक चुनावी ¥यालीलाई सम्बोधन गर्नुभएको हो । उहाँको साथमा रिपब्लिकन पार्टीका उपराष्ट्रपति पदका उम्मेदवार जेडी वायन पनि हुनुहुन्थ्यो ।

शुक्रबार उहाँले खचाखच भरिएको र्‍यालीस्थल ग्रान्ड ¥यापिड्समा डेमोक्र्र्याट्सले आफूलाई लोकतन्त्रका लागि खतरा भन्दै आएको बताउनुभएको थियो ।

उहाँले तालीको गडगडाहटबीच आफू ‘ह्वाइट हाउस फिर्ता लिन’ तयार रहेको बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गत साता भएको आक्रमणको अनुसन्धान भइरहेको छ । आक्रमणमा गोलीले ट्रम्पको कानमा लछारेको थियो ।

गत शनिबार ट्रम्प कानमा पट्टी बाँधेर रिपब्लिकन नेसनल कन्भेन्सनमा पुग्नुभएको थियो । तर मिशिगनको र्‍यालीमा उहाँले आफ्नो कानमा पट्टी बाँध्नुभएको थिएन ।

प्रतिक्रिया