February 26, 2025, 6:28 am
» पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु » पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति

देशको उपरास्ट्रपति,पार्टीको उपाध्यक्ष

मंसिर २०, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं,  । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्किने भएका छन् । राजनीतिमा सक्रिय हुने योजनामा सुरक्षाबाहेक अन्य सरकारी सुविधा नलिई बसेका उनलाई माओवादीले उपाध्यक्ष बनाउन लागेको बुझिएको छ ।

माओवादी स्रोतका अनुसार भोलि बस्ने पदाधिकारी बैठकले यसबारे निर्णय लिने सम्भावना छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्नेगरी माओवादीले पदाधिकारी बैठक बोलाएको छ ।

उपनिर्वाचनको समीक्षा, संगठन,समसामयिक राजनीति बैठकको एजेण्डा रहने भनिए पनि पूर्वउपराष्ट्रपति पुनलाई  दिने जिम्मेवारीबारे छलफल हुने बताइएको छ ।

माओवादीको विधानमा २१ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । जसमा अध्यक्ष,वरिष्ठ उपाध्यक्ष,महासचिव र कोषाध्यक्ष एक-एक जना रहने छन् भने उपाध्यक्ष तीन,उपमहासचिव पाँच र नौ जना सचिवको व्यवस्था छ । पदाधिकारी थपघट गर्नु परे विधान संशोधन गर्नुपर्ने हुन्छ । सम्भवत: भोलिको बैठकले यस सम्बन्धी निर्णय गर्नेछ ।

डेढ वर्षअघि उपराष्ट्रपतिबाट बाहिरिएपछि भूमिकाबिहीन रहँदै आएका पुन राजनीतिक गतिविधिमा नदेखिए पनि पार्टीमा फर्किने इच्छा देखाउँदै आएका थिए ।

पछिल्लो समय माओवादीको पदाधिकारी बैठकमा समेत सहभागिता जनाउन थालेका उनले अध्यक्ष प्रचण्डसँग उपाध्यक्षको जिम्मेवारी मागेको चर्चा थियो ।

तर, सार्वजनिकरुपमा भने मौन रहँदै आएका पुन आजै माओवादीको एउटा कार्यक्रममा उपस्थित भएका छन् । उपराष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक माओवादीको कार्यक्रममा सहभागी भएका उनले चर्को राजनीतिक भाषणसमेत गरे ।

जनयुद्धमा निर्वाह गरेको भूमिकाभन्दा सशक्त नेतृत्व गर्न आफू तयार रहेको बताउँदै उनले राजनीतिमा फर्किन चाहेको प्रष्ट सन्देश पनि दिए ।

०७२ सालमा उपराष्ट्रपति बनेका पासाङ ०७९ चैतसम्म सो पदमा कायम रहेका थिए । माओवादीमा समकक्षी नेताहरुको तुलनामा इमान्दार मानिने पुन तत्कालीन जनमुक्ति सेनाको कमाण्डर पनि हुन् ।

जनयुद्धका दौरान फौजी मोर्चाको नेतृत्व सम्हालेका उनी त्यसबखत जनसेना प्रमुखको भूमिकामा पनि रहेका थिए ।

शान्ति प्रक्रियामा आएपछि माओवादीका अन्य नेता र कमाण्डरले एकपछि अर्को लाभको पद हात पार्दा पुन भने अपवाद बने । संविधान जारी भएपछि उपराष्ट्रपति बनेका उनी अहिलेसम्म विवादमा परेका छैनन्

। तर, देशकै सम्मानित पदमा पुगेर साझा व्यक्तित्व बनिसकेको अवस्थामा एउटा पार्टीको राजनीतिमा लाग्ने निर्णय गरे उनी विवादमा पर्न सक्ने खतरा छ । जन आस्थाबाट ।

प्रतिक्रिया