February 26, 2025, 6:34 am
» पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु » पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति

बीआरआईमा हस्ताक्षर हुन्छ: प्रदीप ज्ञवाली

मंसिर १९, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

|

 

काठमाडौं,  । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहकार्यसम्बन्धी दस्ताबेजमा हस्ताक्षर हुन सकेन ।

भ्रमण सुरु हुनुअगावै बीआरआई सहकार्यसँग सम्बन्धित दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेबीच सहमति जुटेको भन्दै दुवै दलबीच खुसी साटासाट गरिएको थियो तर हिजो भने दस्ताबेजमा हस्ताक्षर नभएपछि अब बीआरआई नेपालमा नआउने भयो भन्ने लगायतका कुराहरु उठ्न थालेका छन् ।

यहि प्रसंगमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओली चीनमै भएकाले अहिले नै यो विषयमा कुरा उठाउन आवश्यक नभएको स्पष्ट पार्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका ज्ञवालीले कतिपय महत्वपूर्ण निर्णयहरु अन्तिम समयमा पनि हुने भएकाले यसबारेमा अहिले नै विभिन्न निष्कर्ष निकाल्न आवश्यक नरहेको पूर्वमन्त्रीसमेत रहनुभएका ज्ञवालीको भनाइ छ ।

यस्तै बीआरआईमा सहकार्यमा दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गर्ने डकुमेन्ट नभएकाले पनि अझैं सम्भावना कायमै रहेको ज्ञवालीको विशवास रहेको छ ।

यस्तै, नेपाल र चीनले आपसी विकास रणनीतिहरूको समन्वयलाई थप मजबुत बनाउन र बीआरआई परियोजनामा गहिरो सहकार्य गर्ने सहमति जनाएका छन् ।

यस्तै, प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि नेपालका ९ वटा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया