February 26, 2025, 6:08 am
» गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु » पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति » इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प » जर्मनीमा गाँजामाथि पुनः प्रतिबन्ध लाग्दै, दुई बर्षमा उल्टिदै निर्णय » रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

मंसिर १८, २०८१ मा प्रकाशित | १२६०दर्शक तीव्रखबर

काठमाडौं- चीनका राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्तामा सो अनुदान घोषणा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग आज भेटघाट तथा छलफल गरेका थिए, साे क्रममा साे घाेषणा भएकाे छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमवार चीन प्रस्थान गरेका थिए ।

बेइजिङ पुगेको भोलिपल्ट अर्थात् मंगलबार चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गरे ।

यसका साथै ९ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटबार्ता गरेका हुन् । प्रधानमन्त्री ओली यही मंसिर २० गते स्वदेश फर्किनेछन ।

प्रतिक्रिया