February 26, 2025, 6:31 am
» पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु » पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति

धर्मले मानव जातिलाई अनुशासित बनाएको छ : मन्त्री राई

मंसिर १८, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

फिक्कल – रक्षामन्त्री मानवीर राईले सबै धर्मले मानव जातिलाई अनुशासित बनाएको बताएका छन् ।

इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सव समारोहमा मन्त्री राईले मानव जगतलाई अनुशासित बनाइराख्न धर्मले भूमिका निर्वाह गरिरहेको बताए।

यदि धर्म छैन भने लगामबिनाको घोडाजस्तै हुन्छ, एक्काइसौँ शताब्दीमा मानवको रूपमा उभ्याउन मुस्किल हुन्छ’, उनले भने, ‘सबै धर्मले मानव जातिलाई अनुशासित भएर बाँच्न सहयोग गरिरहेको छ ।’

मन्त्री राईले समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन र वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको उल्लेख गरे।

फाल्गुनन्द लिङ्देन र आत्मानन्द लिङ्देनको उपदेशले किरात समुदायलाई एकताको सूत्रमा बाँधेको छ, यो समग्र मानव जातिका लागि राम्रो पक्ष हो’, उनले भने। धर्मगुरु लिङ्देनको जन्मोत्सव धर्मगुरुको मात्र नभई समग्र किरात धर्मको उत्सव रहेको उनले चर्चा गरे ।

धर्मगुरु लिङ्देनको जन्मोत्सव हरेक वर्ष मङ्सिर १८ गते किरात धर्मावलम्बीले उत्सवका रूपमा मनाउने गरेका छन् । मन्त्री राईले धार्मिक सहिष्णुता कायम गर्दै समाजलाई अगाडि बढाउन आग्रह गरे । धर्मगुरु आत्मानन्दलाई किरात धर्मावलम्बीले ‘विश्व शान्ति र मानव एकता’का प्रतीकको रूपमा मान्दै आएका छन् ।

प्रतिक्रिया