December 23, 2024, 3:26 pm
» एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित » पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते » निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग

बेलका-९ : बदर मतको विवादले रोकिएको मतगणनाअझै सुरु भएन

मंसिर १७, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं– बेलका नगरपालिका-९ मा भएको वडा अध्यक्षको उपनिर्वाचनको मतगणना रोकिएको छ । ५०० मत गणना गर्दा २२० मत बदर भएपछि गणना रोकिएको थियो।

समान्य मसि लागेको मत पनि गणना गर्ने कि नगर्ने भन्ने विषयमा उम्मेदवारहरुबीच सहमति नजुटेपछि मतगणना रोकिएको हो ।

बेलाका ४ का वडा अध्यक्ष तीर्थ अधिकारीका अनुसार आईतबार रातीबाट मतगणना रोकिएको छ । ४ पटक उम्मेदवारहरु सहितको सर्वदलिय बैठक बस्दा पनि सहमति जुट्न सेकेको छैन ।

उदयपुरका निर्वाचन अधिकृत दीपक दाहालको टोलीसहित बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि पुनः सर्वदलिय बैठक बस्ने तयारी रहेको छ । ५०० मत गणना हुँदा एमालेको ८५, माओवदीको ८०, कांग्रेसको ६२, जसपाको २६, रास्वपाको १९, राप्रपाको ८ र मंगोल नेसनलको एक पनि भोट आएको छैन ।

बेलका-९ मा नेपाली कांग्रेसका नवराज बस्नेत(नविन), एमालेका मोहन खड्का, माओवादी केन्द्रका भरत घिमिरे, जसपाबाट राजकुमार राई, रास्वपाबाट तेजमान बिक, राप्रपाबाट टिकाराम फयाल र मंगोल नेसनलबाट सुरे तामाङ उम्मेदवार छन् ।

बोलका-९ मा आम निर्वाचनमा कांग्रेसका पदम खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो । उदयपुरको त्रियुगा नगरपालिका १२ मा भने माओवादी केन्द्रका नवीन वान्तवा राई निर्वाचित भईसकेका छन् ।

राईले ९२३ मत ल्याएर विजय भएका छन् । त्रियुगा-१२ मा २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेसका चुडाराज काफ्ले निर्वाचित भएको थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया