January 11, 2025, 2:11 am
» भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह » रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी » सरकारको यो गठबन्धन अब धेरै दिन चल्दैनः प्रचण्ड » प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

सामाजिक सञ्जालमा युवतीको अन्तरङ्ग भिडियो बनाएर आफन्तलाई पठाउने केसी पक्राउ

मंसिर १४, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौँ, 

सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । पीडित युवतीलाई अश्लील अङ्ग देखाउन लगाई भिडियो रेकर्ड गरेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले नुवाकोट शिवपुरी गाउँपालिका वडा नं। १ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई प्रकाउ गरेको हो ।

आफ्नो अपमान र बेइज्जत गरी चरित्र हत्या गरेकोले आवश्यक कारबाही गरी पाउ भनी पीडित युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपक राज अवस्थीका अनुसार निवेदन प्राप्त भए अनुसार आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट उक्त कार्य गर्ने केसी रहेको खुल्न आएको थियो ।

उनलाई ब्यूरोको टोलीले मङ्सिर १२ गते पक्राउ गर्न सफल भएको थियो । केसीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको अवस्थीले बताए ।

यस्तै केसीले सामाजिक सञ्जालमा साथी बनेर कुराकानी गर्ने क्रममा पीडित युवतीलाई प्रेम प्रस्ताव राखेर भिडियो कल गर्ने क्रममा पीडित युवतीलाई अश्लील अङ्ग देखाउन लगाई भिडियो रेकर्ड गरेका थिए । पछि उक्त भिडियो पीडित र पीडितको आफन्तलाई समेत पठाएका थिए ।

प्रतिक्रिया