September 19, 2024, 4:16 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

गुल्मीमा निस्ती खोलाले बगाएर एक युवा बेपत्ता

साउन ६, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

गुल्मी : गुल्मीमा निस्ती खोलाले बगाएर एक युवा बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका- २ का ३१ वर्षीय बोमबहादुर कार्की बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शनिबार दिनभर खेतको काम सकेर बेलुका घर फर्कने क्रममा कार्कीलाई निस्ती खोलाले बगाएको आफन्तले बताएका छन् ।

कार्की मुसिकोट नगरपालिका -१ अरेवाका स्थायी बासिन्दा हुन् । तर, उनी विगत केही समयदेखि सोही नगरपालिकाको -२ निस्तीस्थित मामाघरमा बस्दै आएका थिए । बेपत्ता भएका कार्की (ख) वर्गका अपाङ्गता रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । उनी अविवाहित हुन् ।

कार्की शनिबार बेलुका बेपत्ता भएपनि आफन्तले  आइतबार बिहान प्रहरीलाई  खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया