September 8, 2024, 3:33 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

विपन्न वर्गमा तीन खर्ब नौ अर्ब ऋण लगानी

साउन ६, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं,  बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा राष्ट्र बैंकले तोकिदिएको न्यूनतम सीमाभन्दा पनि बढी कर्जा प्रवाह गरेका छन् । बैंक तथ वित्तीय संस्थाहरूले आफ्नो कुल कर्जाको न्यूनतम पाँच प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।

विपन्न वर्गमा जाने कर्जामध्ये २५ प्रतिशत बैंक तथा वित्तीय संस्था सिधै र ७५ प्रतिशत लघुवित्त वित्तीय संस्थामार्फत प्रवाह गर्नुपर्छ ।

आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा विपन्न वर्गमा कुल तीन खर्ब नौ अर्ब ९५ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह भएको छ । जुन कुल कर्जाकोे छ दशमलव ३८ प्र्रतिशत हुन्छ । यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५१ खर्ब २८ अर्ब ६२ करोड ४० लाख रूपैयाँ छ ।

विपन्न वर्गमा प्रवाह भएको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब १५ करोड १० लाख रूपैयाँले बढी हो । एक वर्षअघि बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ६६ अर्ब ४२ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा तीन खर्ब आठ अर्ब ८० करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

प्रतिशतका आधारमा एक वर्षअघिको तुलनामा यस पटक विपन्न वर्गमा कम कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको ११ महिनामा कुल कर्जाको छ दशमलव ८८ प्रतिशत विपन्न वर्गमा प्रवाह भएको छ । गत आर्थिक वर्षमा यस्तो दर छ दशमलव ३८ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार कर्जाको भोलुम बढे पनि कुल कर्जा बढेका कारण प्रतिशतमा कम देखिएकोे हो ।

आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा ४५ खर्ब ३२ अर्ब १८ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले विपन्न वर्गमा कुल छ दशमलव १२ प्रतिशत अर्थात् दुई खर्ब ६३ अर्ब छ करोड ८० लाख रूपैयाँ प्रवाह गरेका छन् ।

जुन एक वर्षअघिको तुलनामा दुई अर्ब २३ करोड २० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिमा वाणिज्य बैंकहरूले ४२ खर्ब ९७ अर्ब ८३ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा छ दशमलव ४३ प्रतिशत अर्थात् दुई खर्ब ६० अर्ब ८३ करोड ६० लाख रूपैयाँ प्रवाह गरेका थिए ।

विकास बैंकहरूले भने पछिल्लो अवधिमा कुल चार खर्ब ९७ अर्ब ७४ करोड ३० लाख रूपैयाँ कर्जा प्रवाह गरेको मध्ये विपन्न वर्गमा मात्र आठ दशमलव ६३ प्रतिशत अर्थात् ४० अर्ब ३१ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई अर्ब ४० लाख रूपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले कुल चार खर्ब ६५ अर्ब २५ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा १२ दशमलव ११ प्रतिशतका दरले ४२ अर्ब ३१ करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरूले भने विपन्न वर्गमा कुल छ अर्ब ५७ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको ११ महिनामा ९८ अर्ब ६९ करोड ८० लाख रूपैयाँ कर्जा भएको मध्ये सात दशमलव ११ प्रतिशत विपन्न वर्गमा प्रवाह भएको देखिन्छ ।

आर्थिक वर्ष २०७९÷८०को सोही अवधिमा फाइनान्स कम्पनीहरूले ९२ अर्ब ३३ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेको मध्ये सात दशमलव ५२ प्रतिशत अर्थात् पाँच अर्ब ६५ करोड २० लाख रूपैयाँ हो । राष्ट्र बैंकका अनुसार यो कर्जा आर्थिक वर्ष २०८०÷८१ को पछिल्लो ११ महिनाको तुलनामा ९२ करोड ३० लाख रूपैयाँले बढी हो । -आर्थिक दैनिकबाट

प्रतिक्रिया