January 11, 2025, 4:52 am
» भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह » रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी » सरकारको यो गठबन्धन अब धेरै दिन चल्दैनः प्रचण्ड » प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

क्याम्पस प्रमुख हरिभूषण हत्याका मुख्य आरोपी पक्राउ

मंसिर १३, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं,  । गत जेठ ३२ गते बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४० वर्षीय सुरेन्द्र कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनी नेपाली सेनाका भगौडा तथा गाउँघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमिका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनले १० वर्ष नेपाली सेनामा जागीर खाएर छाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मुख्य अभियुक्तको रुपमा पक्राउ परेका कुशवाहा कहिले भारतको बिभिन्न ठाउँमा र कहिले नेपालको बिभिन्न ठाउँमा लुकिछिपी रहेका छन भने सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा मोरङ्गमा लुकिछिपी बसेको जानकारी प्राप्त हुन आएको हुँनाले उनलाई जिल्ला प्रहरी कार्यालय बाराको अथक प्रयास पछी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको बिशेष टोलीले मंसिर १२ गते पक्राउ गरी ल्याएको प्रहरीले जनाएको छ ।

क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका क्याम्पस प्रमुख कुशावाहामाथि बाराकै आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार भएको थियो। गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

यसअघि प्रहरीले घटनामा संलग्नको आशंकामा पक्राउ पर्नेमा बारा खजुरिया टोलका ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा, २९ वर्षीय चांदसी प्रसाद कुशवाहा, २७ वर्षीय चुल्हाई भन्ने श्रवण कुमार साह र ५० वर्षीय ब्रह्मदेव राम छन् । त्यस्तै बाराकै ५० वर्षीय मोतीलाल चौधरी, ३४ वर्षीय राधेश कुमार पटेल र ५४ वर्षीय विनोद राउत कुर्मी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सो घटनामा पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेको र बाँकी ८ जना पुर्पक्षको लागि कारागार चलान भइसकेका छन् ।

प्रहरीले उनीहरूको साथबाट तीनवटा मोटर साइकल, ६ राउन्ड गोली, मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सिम कार्ड समेत बरामद गरेको थियो । । कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार भएको थियो ।

प्रतिक्रिया