January 10, 2025, 9:46 pm
» भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह » रवि लामिछानेलाई धरौटीमा रिहा आदेश गर्ने न्यायाधीशविरुद्ध युवराज सफलको उजुरी » सरकारको यो गठबन्धन अब धेरै दिन चल्दैनः प्रचण्ड » प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’

पाकिस्तानमा इमरान खानको पार्टीको विरोध प्रदर्शन समाप्त

मंसिर १२, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

इस्लामावाद : पाकिस्तानमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको छ । पाकिस्तानी वेबसाइट द डनका अनुसार पार्टीले बुधबार बिहान यो घोषणा गरेको हो । पीटीआईले इमरान खानको सल्लाहमा अर्को निर्णय लिने बताएको छ।

पीटीआईले एक प्रेस विज्ञप्तिमा निकाल्दै सरकार निहत्था नागरिकहरूलाई निर्ममतापूर्वक मार्न तयार रहेको जनाएको छ। इस्लामाबादलाई वधशाला बन्न नदिन उनीहरूले आफ्ना शान्तिपूर्ण विरोध प्रदर्शनलाई अस्थायी रूपमा स्थगित गरेको जनाइएको छ।

गण्डापुर प्रदर्शनको नेतृत्व इमरान खानकी पत्नी बुशरा बीबी र खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिनले गरेका थिए । रिपोर्टका अनुसार गण्डपुरले मंगलबार राति आन्दोलनकारीलाई घर जान आग्रह गरेका थिए । गृहमन्त्री मोहसिन नक्वीले पत्रकार सम्मेलनमा दुवै जना पक्राउको डरले भागेको बताए ।

प्रतिक्रिया