February 23, 2025, 8:44 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

साउन ३, २०८१ मा प्रकाशित | १४६०दर्शक तीव्रखबर

काठमाडौं : बत्तीसपुतलीस्थित द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।  श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी लामो समयदेखि निमोनिया र बाथरोगबाट ग्रसित थिइन्।

पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ।

भारतको सिक्किममा जन्मिएकी अम्बिका नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विवाह गरेपछि काठमाडौं छिरेकी थिइन्।श्रीमान‍्को मृत्युपछि उनी द्वारिकाज होटलको अध्यक्ष भएकी हुन्।

सफल महिला उद्यमीको रुपमा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन्।

प्रतिक्रिया