February 23, 2025, 8:38 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत, अभियुक्त पक्राउ

साउन ३, २०८१ मा प्रकाशित | १२२०दर्शक तीव्रखबर

काठमाडौं । ललितपुरमा बालिका बलात्कार अभियोगमा एक युवकलाई पक्राउ गरिएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल ट्याम्पोपार्कमा बस्दै आएका खोटाङ केपीलासगढी गाउँपालिका–५ घर भएका २६ वर्षीय नरबहादुर खत्रीलाई बालिका बलात्कार अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

९ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नरबहादुरले ती बालिकालाई ललाईफकाई सोही महानगरपालिका–२८ हरिसिद्धि चाइनिज टायल कारखानाको कम्पाउन्डको खाली जग्गामा लगी बलात्कार गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया