February 23, 2025, 8:55 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

पत्रकार धमलामाथि कुटपिट, ५ जना पक्राउ

साउन ३, २०८१ मा प्रकाशित | १४३०दर्शक तीव्रखबर

काठमाडौं । सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई धरानका मेयर हर्क साम्पाङ्गका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।  केही दिनदेखि मेयर साम्पाङ्ग र धमला बीचमा विवाद हुँदै आएको थियो ।

उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा भनेकी छन् ‘म बिरामी अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स–रे कोठामा पालोमा थिएँ, हर्क साम्पाङका महिला समर्थकहरूले ‘धमलालाई कुट्न आको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए ।’

पक्राउ परेकाहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

प्रतिक्रिया