November 21, 2024, 9:18 am
» प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गतको पहिलो चरणको काम सुरू » क्रिश्चियन धर्म प्रचारमा अबौं लगानी गर्दै आइएनजीओहरू » प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने » अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित » एक महिनामा थपिए ३ लाख ३१ हजार वालेट प्रयोगकर्ता

डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

मंसिर ६, २०८१ मा प्रकाशित | २२०दर्शक तीव्रखबर

काठमाडौं,  : ह्वाट्सएप मार्फत अन्डर वर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भन्दै डरत्रास देखाई रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका-११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका भित्र विभिन्न व्यक्तिहरूलाई अन्डर कभर एजेन्टभनि विहार लगायत अन्य ठाँउबाट कन्ट्रर्या्क्ट किलर भाडामा लगाई ज्यान समेत मार्छु भन्दै ५० हजार देखि २ लाख रूपैयाँ सम्म रकम माग गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दाहाललाई काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

प्रतिक्रिया