January 11, 2025, 9:55 pm
» अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द » कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते » मलद्वारमा लुकाएर ल्याइएको सुनसहित तीन जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ » गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाटै खतरामा छ : सांसद श्रेष्ठ » बुटवलबाट पनि गोर्खा मिडियामा ११ करोड

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

मंसिर ५, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

काठमाडौं,  : बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ लालपुर बस्ने २० वर्षीय अमिर अली र कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने २५ वर्षीय सुरेन्द्र विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-८ बाबानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम, मोबाइल २ थान र नगद १२ हजार ९ सय १० रूपैयाँ सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-८ ठेगाना भएका ३० वर्षीय रेशम विक, सोही नगरपालिका-८ गोल्छा बस्ने २४ वर्षीय दिपक यादव र २२ वर्षीय केशव नेपाली रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले रेशमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका बराहक्षेत्र नगरपालिका-९ राजावास बस्ने २२ वर्षीय शिव चन्द्रवंशी र २० वर्षीय अभिषेक चन्द्रवंशीलाई २ ग्राम, भारतबाट नेपालतर्फ आउँदै गरेको को.१४ प १९१७ नम्बरको मोटरसाइकलमा सवार भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने १९ वर्षीय नजाम मन्सुरीलाई  ८ सय ३० मिलिग्राम र प्रदेश.१-०१-०१३ प ७६१५ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय अमित गुरूङ र ४० वर्षीय हुकुम राईलाई १ ग्राम ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया