February 23, 2025, 8:52 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

राष्ट्रियसभा गृह परिसर डुवानमा

साउन ३, २०८१ मा प्रकाशित | ११४०दर्शक तीव्रखबर

काठमाडौं : काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह परिसर जलमग्न बनेको छ। बुधबार राति परेको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ ।

सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ। काठमाडौं महानगरको मातहतमा रहेको सभा गृहमा महानगरकै केही कार्यालय अझै छन् । महानगरको ती कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यही थियो ।कमलादीमा कार्यालय तयार भएपछि मेयर उपमेयरको कार्यालय कमलादी सारिएको हो । जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ ।

प्रतिक्रिया