December 26, 2024, 1:04 am
» गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो- हमास » बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए » बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

राजनीति सेवा गर्ने स्थल होः उपप्रधानमन्त्री सिंह

कार्तिक ३०, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

पाटन (ललितपुर) ।उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घ ललितपुरको तेस्रो जिल्ला सम्मेलन एवं सम्मान कार्यक्रममा उहाँले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था र संविधान जारी गर्न नेपाली कांग्रेसको योगदान अग्रस्थानमा रहेको छ भन्नुभयो ।

“आस्था र सिद्धान्तको राजनीति गर्नेले ज्यादै कठिन परिस्थितिको सामना गर्नुपर्ने रहेछ, राजनीतिक आस्थाले चाक्सीबरी छोडेर डेरामा बसेर गुजारा टार्नु पर्यो, गणेशमान र मङ्गलादेवीले त धेरै दुःख भोग्नु पर्यो भने दूरदराजका जनताले कति दुःख भोग्नु । परेको थियो होला ! यो हामीले बुझ्नुपर्छ, राजनीति सेवा गर्ने प्रभावकारी माध्यम हो, तर अहिले फाइदा लिने प्रबृत्ति बढेको छ, राजनीति भनेको त सिद्धान्त, आदर्श हो नि !” उहाँले भन्नुभयो ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले पुराना र पाका राजनीतिक मानिसको योगदानले हामीले धेरै परिवर्तन पाएका छौँ भन्नुभयो । “लामो समयदेखि हामी राजनीतिमा छौँ, हामीले ६९ वर्ष राजनीतिमा भोगेको दुःख अहिलेको पुस्ताले बुझ्दैन, हामीले अतुलनीय कष्टकर दुःख भोग्नुपर्यो, २०२९ सालदेखि ललितपुरमा मैले सङ्गठन बनाउन लागेको हुँ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियोे । रासस

प्रतिक्रिया