January 12, 2025, 6:28 pm
» संसद् किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छ : पूर्वसभामुख सापकोटा » सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा कांग्रेसको आपत्ति » गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु » नवलपरासीमा बालकको आँखा फुटाउने शिक्षकविरुद्ध मुद्दा दायर » बसको ठक्करबाट बालिकाको मृत्यु

व्यबहार उपयोगी शिक्षा, आजको आबस्यकता- वडाध्यक्ष श्रेष्ठ

कार्तिक २९, २०८१ मा प्रकाशित | १२००दर्शक तीव्रखबर

एन्टिना घनश्याम, सिन्धुपाल्चोक । नेपालको शैक्षिक प्रणालीमा डिजिटल माध्यमको शुरूवात भर्खर भर्खरै मात्र हो। अधिकांस बिध्यालयहरुको पठनपाठन पुरानै धारबाट हुनेगरेता पनि राजधानी बाहिरका केही बिध्यालयहरुले शैक्षिक सिकाइ प्रणालीमा नबिनतम प्रयोगलाई प्राथमिकता दिन शुरु गरेका छन।

राजधानी नजिकको जिल्ला सिन्धुपाल्चोकको चौतारा साङाचोकगडी नगरपालिकाका केही बिध्यालयहरुले समेत डिजिटल माध्यमबाट पठनपाठन गराइ,पढाईको अलवा बिध्यार्थिहरुलाइ अतिरिक्त क्रियाकलापतर्फ बिशेष सहभागिता गराइरहेको पाइएको छ ।

किताबी घोकन्ते बिध्यालाइ मात्र प्राथमिकता नदिइ बिध्यार्थिहरुलाइ खेलकुद ,संगीत , चित्रलेखा, बक्तित्वकला, गाएन,नृत्य, अभिनयमा समेत अग्रसर गराउनु आजको समयको आबश्यक्ता हो भने ५ नम्बर वार्ड का अध्यक्ष शिव श्रेष्ठले प्रष्ट पारे । उनी भन्छन,किताबी पढाईले मात्र बिध्यार्थिहरुमा सिमित ज्ञान हुनेहुदा आफ्ना वार्डका बिध्यालयका बिध्यार्थिहरुलाइ हरेक किशिमका क्षमता अभिबृद्दी गराउन वार्डले समेत प्रोत्साहन गरिरहेको र बिध्यालयहरुले समेत अग्रसरता देखाइरहेको छन।

श्रेष्ठ भन्छन,अबको शैक्षिक सिकाइ व्यबहार उपयोगी हुन जरुरी छ । वार्ड नम्बर ५ भित्र जिल्लाकै ठूलो स्कुल कृष्णरत्न मा.बि सहित ४ ओटा मा. बि ,३ वटा प्रा. बि र एउटा क्याम्पसमा गरि करिब ३५०० बिध्यार्थिले पठनपाठन गरिरहेका छन ।

प्रतिक्रिया