February 26, 2025, 6:30 am
» पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु » पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति

जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न सक्दैन : शंकर पोखरेल

कार्तिक २८, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न नसक्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा वर्गको विचार र चिन्तनको आधारमा देशको भविष्य निर्धारण हुने बताएका हुन् ।

युवाहरु आशावादी र उनीहरुमा परिवर्तनको हुटहुटी भएमात्र देशको भविष्य राम्रो हुने उनको भनाइ छ ।

उनले भने, ‘ जनतालाई जोड्नैपर्दछ । जबसम्म हामीले राज्यसँग जनतालाई जोड्न सक्दैनौं तबसम्म देश बन्न सक्दैन । जबसम्म देशका कर्णधार मानिने युवापंक्तिलाई देशसँग जोड्न सकिएन भने देश अध्यारो बन्ने गर्दछ । युवाहरु भनेका बिहानका झुल्के घामहरु हुन् । बिहानले दिउँसोको संकेत गर्छ भनेजस्तै आजका युवाहरु कस्तो अवस्थामा छन् भन्ने आधारमा मुलुकको भविष्य निर्धारण गर्छन् । आजका युवाहरु आशावादी छन्, उनीहरुमा परिवर्तनको हुटहुटी छ, संकल्प छ भने देशको भविष्य राम्रो छ भनेर विश्वास गर्नुपर्दछ ।’

उनले देशमा अराजकता मच्चिदै गएको उल्लेख गर्दै अराजकता राष्ट्रिय समृद्धिको बाधक भएको बताए । ‘अहिले मुलुकमा अराजकता बढ्दै गइरहेको छ । कुनैपनि राष्ट्रको निर्माणका सन्दर्भमा कुरा गर्दाखेरि अराजकता राष्ट्रिय समृद्धिको वाधक हो,’ उनको भनाइ छ ।

प्रतिक्रिया