January 12, 2025, 7:03 pm
» संसद् किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छ : पूर्वसभामुख सापकोटा » सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा कांग्रेसको आपत्ति » गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु » नवलपरासीमा बालकको आँखा फुटाउने शिक्षकविरुद्ध मुद्दा दायर » बसको ठक्करबाट बालिकाको मृत्यु

निर्मला पन्तको हत्या घटना आफूले देखेको दावी गर्ने अर्याल पक्राउ

कार्तिक २८, २०८१ मा प्रकाशित | १०००दर्शक तीव्रखबर

काठमाडौं : कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ।  गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो । सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोतालाई पनि सोधपुछ गरिरहेको सिआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

‘ अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्,’ उनले भने,’सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौं ।’आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्र्तवार्तामा दिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया