September 8, 2024, 3:29 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

त्रिशुलीमा बेपत्ता पटेल दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर गरियो दाहसंस्कार

साउन २, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

वीरगन्ज : चितवनको सिमलताल दुर्घटनामा परी बेपत्ता भएका दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर उनीहरूको अन्तिम दाहसंस्कार गरिएको छ। नदीमा बेपत्ता भएको करिब एक हप्ता हुँदासम्म उनीहरूको अत्तोपत्तो नलागेपछि परिवारजन र आफन्तले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिदिएका हुन्।

बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ नकटुवाका ४८ वर्षीय ताराचन्द पटेल र उनकी पत्ती ४३ वर्षीया कुसमी देवीको अवस्था दुर्घटना भएको ६ दिन भइसक्दा पनि पत्ता लाग्न सकेको छैन । दुर्घटनामा परी नदीमा बेपत्ता भएको ६ दिन वितिसक्दा पटेल दम्पत्ती नभेटिएपछि बुधबार उनीहरूका परिवारजनले रितिरिवाजअनुसार कुशको शव बनाएर अन्तिम दाह संस्कार गरेका हुन् ।

एउटै पचाठी (डोली)मा कुशले बनाइएको दुवै शव राखेर त्रिवेणी नदीस्थित चटियाबाबा घाटमा अन्तिम संस्कार गरिएको हो। मृतक ताराचन्दका जेठा छोरा मदन पटेलले बुवा–आमाको शवमा दागबत्ती दिएर अन्तिम दाहसंस्कार गरेका हुन्।  १३ दिने  किरियामा पनि मदन नै बसेका छन् ।

घटना भएको ६ दिन बितिसक्दा पनि दाइ–भाउजुको अत्तोपत्तो नलागेपछि हिन्दु रितिरिवाज अनुसार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको ताराचन्दका भाइ रमेश पटेलले बताए । उनले भने,‘अहिलेसम्म जिउँदो कोहि पनि भेटिएका छैनन् । शव मात्रै भेटिइरहेका छन् । यतिका दिनसम्म मेरा दाजु–भाउजु पनि जिउँदै होलान् भन्ने आस मरिसकेपछि कुशको शव बनाएर दाहसंकार गरिदियौं ।

रमेशका अनुसार,काठमाडौंको अस्पतालमा भर्ना भएका ज्वाइँका भाइलाई भेट्नका लागि ताराचन्द र उनकी पत्नि कुसमी देवी गत बिहीबार राति वीरगन्जबाट बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चढेर काठमाडौं गएका थिए।

उक्त बससँगै गणपति डिलक्स बस शुक्रबार बिहान ३.३० बजेतिर चितवन–मुग्लिन सडकखण्डको सिमलताल भन्ने ठाउँमा लेदोसहितको पहिरोले बगाएर त्रिुशली नदीमा बगेको थियो । दुवै बसमा गरी चालकसहित  ६५ जना यात्रु सवार रहेकोमा तीमध्ये गणपति बसमा सवार ३ जना यात्रु भने पौडिएर बाँच्न सफल भएका थिए ।

यसैबीच प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवालले दुर्घटनामा पटेल दम्पत्तीको परिवारलाई राहतस्वरुप जनही १/१ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

प्रतिक्रिया