February 23, 2025, 8:48 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सेयर बजारमा हरियाली : ५४ अंकले बढ्यो नेप्से, १२ अर्बमाथिको कारोबार

साउन २, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.५० प्रतिशतले बढेर ४१९.७७ विन्दुमा अडिएको छ।

अघिल्लो कारोबार दिन  मंगलबार नेप्से परिसूचक ७० अंक बढीले बढेको थियो। सोदिन ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३०६ स्क्रिप्सको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा खरिदबिक्री भयो।

सेन्ट्रल फाइनान्सको सेयर १० प्रतिशतले बढ्दा सिंगति हाइड्रोपावरको ९.९७,आँखु खोला जलविद्युतको ९.९५,मन्दाकिनी हाइड्रोपावरको ९.९०  र सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९.८७ प्रतिशतले बढ्यो।

सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.९० प्रतिशतले घट्यो। यस दिन कारोबार रकमका आधारमा सिंगति हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २३ करोड ५५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २२ करोड,सोनापुर मिनरल्सको २० करोड रुपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएका २०४ स्टकको मूल्य बढ्दा ३२ वटाको घट्यो भने ६ वटाको मूल्य भने स्थिर रह्यो।

यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ७.३० प्रतिशतले बढ्यो।

प्रतिक्रिया