December 23, 2024, 3:01 pm
» एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित » पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते » निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग

तातोपानी कुण्डमा प्राकृतिक उपचारको लागि जानेको संख्या बढ्दै

कार्तिक २७, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

म्याग्दी : म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारको लागि जानेहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका- ४ मा रहेको सिंगा तातोपानीमा विभिन्न रोगको उपचारको लागि सर्वसाधारणहरू पुग्ने गरेका छन् । २०४२ सालभन्दा अगाडि अव्यवस्थित रुपमा रहेको तातोपानी कुण्ड २०४५ साल देखि व्यवस्थित रुपमा विकास हुँदै गएपछि अहिले हजारौंको सख्यामा सर्वसाधारणहरु पुग्ने गरेका छन् । पहिला माघ फागुन चैतमा मात्र आन्तरिक पर्यटकहरू कुण्डमा आउने गरेकोमा अहिले बाह्रै महिना तातोपानी कुण्डमा डुबेर बस्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।

कुण्डमा स्नान गर्न आउनेहरुबाट वार्षिक ४० देखि ४५ लाखको हाराहारी रकम उठ्ने गरेको छ । उक्त तातोपानीको पानी परीक्षण गर्दा वीरेनुन गन्धकसहित १२ प्रकारको तत्व रहेको पाइएको अध्यक्ष खड्काले बताए । उक्त पानीमा डुबेर बस्दा ग्याट्रिक बाथरोग ढाड दुख्ने समस्या र छाला लागएत विभिन्न रोग निको हुने विश्वास रहेको छ । तातोपानी कुण्डमा डुबेर बस्दा विभिन्न रोगको निको हुने सुनेर आएको र डुबेर बस्दा रोग निको हुँदै गएको काभ्रेका दिपकराज पन्तले बताए। उक्त कुण्डमा उपचारको लागि बर्षेनी आउने गरेको बाग्लुङका होमनाथ उपाध्यायले बताए।

प्राकृतिक सम्पदाको रुपमा रहेको तातोपानी कुण्ड व्यवस्थापन र संरक्षणको लागि हालसम्म सरकारबाट सहयोग नभए पनि दाताहरू र स्नान गर्न आउनेहरूबाट उठाएको प्रवेश शुल्क यसको व्यवस्थापन हुँदै आएको छ ।

प्रतिक्रिया