February 26, 2025, 6:18 am
» केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु » पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति » इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

‘प्राधिकरणले बिजुली जोड्नुपर्छ, उद्योग बन्द हुन दिँदैनौँ’

कार्तिक २६, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् ।

सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा विद्युत् प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले कार्यान्वयन गरिने जानकारी दिए ।

उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले  एक वर्ष आठ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा प्रधानमन्त्री बन्ने बताए ।

उनले देउवा नेतृत्वको सरकारले नै निर्वाचन गराउने बताउँदै त्यसपछिको निर्वाचनले मुलुकको नेतृत्व चयन गर्ने स्पष्ट पारे ।

ओलीले प्रदेशले अधिकार माग्नेभन्दा विकास निर्माण र सुशासनमा अघि बढ्नु पर्ने जिकिर गरेका छन् ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले एसपीपी सम्झौताबारे कुनै कुरै नभएको स्पष्ट पार्दै यसबारे माओवादीको आरोप सरकारबाट हट्नु परेको छटपटी मात्रै भएको टिप्पणी गरे।

प्रतिक्रिया